पोखरा । १९ औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो ।
चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो।
माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन बनाए । नेपालका तीव्र गतिका बलर अभिनाश बोहोराले ६ विकेट लिए । उनी टी–२० मा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए ।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल ४७ रनमा अविजित रहे । कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन जोडे ।
आसिफ शेख र दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेट किपर विनोद भण्डारी १३ रनमा आउट भए । त्यस्तै, सन्दीप जोरा ५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए ।
नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो ।
क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । क्वाटरफाइनलको ‘ड्र’ भोलि हुनेछ । क्वाटरफाइनलका खेलहरु मङ्गलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला