पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ खरेहा र वडा नं. ८ चुवाको सीमामा रहेको तमादीखोलामा शनिबार बेलुकी आएको बाढीले बगाएर बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ नौडाँडाका २७ वर्षिय विजय भन्ने माधव पौडेलको शव भेटिएको हो । गल्याङ नगरपालिको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज बिहान शव भेटिएको हो । भेटिएको शवको तस्विर परिवारले आफ्नो छोराको रहेको बताएको प्रहरीले जनाएको छ । यद्यपी, यसको पुष्टि हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले शव सनाखतका लागि अहिले परिवार त्यसतर्फ जाँदै गरेको बताए ।
गण्डकन्यूजसँग उनले भने – ‘आज विहान बाँधमा शव भेटिएको भन्ने स्याङ्जाबाट खबर आयो । त्यहाँबाट पठाएको तस्वीर हेर्दा लामो कपाल र गोडाले गर्दा छोराको भएको माधवका बुवाआमाले बताउनुभएको छ । उहाँहरु जाँदै हुनुहुन्छ । सनाखतपछि पुष्टि हुन्छ ।’
घटनामा उनीसँगै बेपत्ता बागलुङको ताराखोला गाउँपालिका वडा नं. ३ इदिका ५० वर्षिय डम्बरबहादुर थापाको अवस्था भने अझै अज्ञात रहेको छ । सुरक्षाकर्मीले खोजीकार्य जारी राखेको छ । माधवका साथी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षिय गोपाल बस्यालको भने सोहि दिन शव फेला परेको थियो ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६ बजेतिर एक्कासी बाढी आउँदा ३ यात्रुसहित जीपलाई बगाएको थियो । चालक हेम्जाका बसन्त थापा भने गाडीबाट ओर्लेका कारण जोगिएका थिए ।


सम्बन्धित समाचारः
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
दुई जना अझै भेटिएनन्, तीन जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह