पर्वतको कुश्मा स्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जना अझै भेटिएका छैनन् । तीन जनाकै सनाखत भने भएको छ ।
शव फेला परेको तिलोत्तमा नगरपालिका वडा नं. ९ का गोपालप्रसाद बस्यालको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३, नौडाँडा घर भएका २७ बर्षीय विजय भन्ने माधव पौडेल र बाग्लुङको ताराखोला ३ का ५० बर्षिय डम्बरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले गण्डकन्यूजलाई जानकारी दिए ।
डिएसपी भुसालका अनुसार घटनालगत्तै खोजी कार्य सुरु गरिएकोमा हिजै जीप टुक्रा टुक्रा अवस्थामा मोदीखोला दोभानसम्म छरिएको अवस्थामा भेटिएको थियो । गोपाल बस्यालको शव हिजै भेटिएको थियो । रातभरी खोजी गर्दा पनि अरुको अवस्था पत्ता नलागेको र बिहानैदेखि पुनः खोजीकार्य जारी राखेको हो ।
प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर घटनास्थल लैजाँदै गरेको पनि उनले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ ।
चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् । उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन् । चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन् । जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन् । गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको उनले बताएका छन् । चालक प्रहरी नियन्त्रणमा छन् भने उनी विरुद्ध यात्रुका परिवारले जाहेरी दिएका छन् ।
बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले जीपलाई बगाएको हो ।
तस्वीरः पत्रकार रोशन तिवारीको भिडियोबाट



सम्बन्धित समाचारः
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण