पोखरा । “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए ।
प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो खेलमा माछापुच्छ्रे त्रीशक्ती युनाइटेडले मिलनटोल एफसीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए ।
प्रतियोगिताको पहिलो खेलमा भुजुङ एफसिले आयोजक एट टु नाइनलाई ४–० गोल अन्तरले पाखा लगायो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४–० गोलले हरायो । तेस्रो खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५–१ गोल अन्तरले पाखा लगायो ।
पाचौ खेलमा एनवाईसी यएरपोर्टले वाकओभर पायो । कुमागाने एफसीले सहभागिता नजनाएपछी वाक ओभर पाएको हो । पहिलो दिनको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा पसगाउले रबै एफसिलाई टाइब्रेकरमा ३–२ गोलले हराउन सफल भयो । निर्धारित २०–२० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा १३ मा एक मात्र माछापोखरी खेलमैदान रहेको र यसलाई संरक्षण गर्न स्थानीय युवा तथा क्लबहरु लागिपरेको बताउदै खेल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे । एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समुहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’