नियमित टिकटक हेर्ने गर्नुभएको छ भने यो जोडीसँग पक्कै परिचित हुनुहुन्छ, जो ‘टक अफ दि टाउन’ बनिरहेका छन् । उनीहरू हुन् आयुष सिंह ठकुरी र अलिजेह जमाली ।
उनै चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले शुक्रबार दुबईमा प्रेमिका तथा पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छन् ।
आयुष र जमालीले आ-आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् । एकअर्काले औंठी लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।
नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्छिन् । उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै छ । टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर छन् ।
१२ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर अत्यधिक डलर कमाउने टिकटकरमा गनिन्छन् । उनको प्रमुख पेशा नै टिकटक लाइभमा बस्ने हो । उनको लाइभमा अडियन्सको कहिल्यै कमी हुँदैनन् ।
आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट ३ जना बडीगार्डसहितको दलबल लिएर धुमधडाकासहित नेपाल आउँदा उनलाई स्वागत गर्न आयुष फूलगुच्छा बोकेर एयरपोर्ट पुगेका थिए ।
एकपटकमा सवा दुईलाख सम्मले लाइभमा बसेर उनीहरूको प्रेम हेरेका रेकर्ड छ । गिफ्टको बाढीले एक रातमै हजाराैँ डलर कमाउँछन् । आयुषको परिवारले पनि उनलाई बुहारीको रूपमा स्वीकारेको देखिन्थ्याे । लाइभमा आयुषले प्रेमिकालाई औँठीसमेत लगाइदिएका थिए ।
नेपाल आउँदा आयुष र जमालीले विभिन्न पर्यटकीय थलो समेत घुमेका थिए ।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?