पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो ।
सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा ३० तथा रिकेश गुप्ताले २३ रन जोडे । लेकसाइडका बलरहरु नविन विश्वकर्मा, आविद आलम र रवि गुरुङ्गले १/१ विकेट लिए ।
जितका लागि २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको लेकसाइडले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । लेकसाइडका सन्देश ठकुरीले १८ तथा सन्दिप तिमिल्सीना र आविद आलमले ८/८ रन जोडे । साँग्रिलाका विपिन खत्रीले ३ तथा सुदिप पौडेल र सिब्रिन श्रेष्ठले २/२ विकेट लिए । खेलमा चौतर्फि प्रदर्शन गरेका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द म्याच भए । उनले रत्नश्री जिम, इन्द्रमार्गको तर्फबाट एक महिनाको निःशुल्क कुपन प्राप्त गरे । प्रादेशिक क्रिकेट संघ गण्डकीका सदस्य ऋषिराम गौतमले उनलाई पुरस्कार प्रदान गरेका थिए ।
यसअघि शनिबारनै हुने भनिएको आरके भिक्टोरियन र आदर्श युवा क्लव लेखनाथ विचको पहिलो खेल वर्षातका कारण ‘रिजर्ब डे’का लागि सारिएको प्रतियोगिता संयोजक जिम्मी गुरुङ्गले जानकारी दिए ।
राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लव गरि ८ टिमको सहभागितामा शुरु प्रतियोगिको आयोजक समितिका अध्यक्ष दीपक बहादुर गोदारले अम्पायर अर्जुन उपाध्यायलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला