पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका छन् ।
पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लवलाई ७ विकेटले पराजित गर्यो। टस जितेर व्याटिङ्ग गरेको राइजिङ्गले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङ्गका अनिल गुरुङ्गले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्यायो । कास्कीका विष्णु सर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।
अर्को खेलमा अरण्यज्योतीले पोखरा क्रिकेट क्लवलाई २ विकेटले पराजित गर्यो । पहिला व्याटिङ्ग गरेको पिसिसीले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्फबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए। अरण्यज्योतीका बलरहरु इर्साद आलमले ३ तथा सन्तोष सर्माले २ विकेट लिए । अरण्यज्योतीले १७.३ओभरमा ८ विकेट गुमाएर जित हाँसिल गर्यो। अरण्यज्योतीको व्याटिङ्गमा म्यान अफ द म्याच अषेश न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष सर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिक सहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।
सम्बन्धित खबर
पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात
गण्डकीमा यू–१५ राष्ट्रिय जुनियर प्रतियोगिताको तयारी सुरु
सन्दीपको निलम्बन फुकुवा, टी-२० विश्वकप खेल्ने बाटो खुल्यो
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण सुरु
पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग