पोखरा । माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइटड फुटबलमा क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिताको सोमबार अन्तिम चार टिमको टुंगो लागेको हो ।
क्वाटरफाइनलको पहिलो खेलमा बि–१३ ले कमलपोखरीलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बि–१३ को जितमा नकुल तामाङ र विनय तामाङले समान १/१ गोल गरे भने, कमलपोखरीका लागि विनम गुरुङले एक गोल गरे । उक्त खेलको म्यान अफ दि म्याच बि–१३ का नकुल तामाङ घोषित भए ।
दोस्रो खेलमा लामागाउँले भुजुङ एफसीमाथि ५–० सानदार जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । पहिलो हाफमा ३ गोलको अग्रता लिएको लामागाउँले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लामागाउँका लागि अनुज भण्डारीले ह्याट्रिक गरे । उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए । यस्तै मीन गुरुङ र मनिष क्षेत्रीले समान १/१ गोल गरे ।
तेस्रो खेलमा रामघाट एफसीले नदीपुर एफसीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । रामघाटको जितमा दिपेश आले नायक बने । उनले टोलिका लागि दुवै गोल गरे । आले खेलको म्यान अफ द म्याच घोषित भए ।
क्वाटरफाइनलको अन्तिम खेलमा गन्नी एफसीले त्रिशक्ति युनाइटेडलाई १–० झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । अनिस तामाङले गोल गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफि दी म्याच समेत घोषित भए । प्रतियोगिताको सेमिफाइन र फाइनल खेल भोलि हुनेछन् । फाइनल प्रवेशका लागि बि–१३ र लामागाउँ भिड्ने छन् भने, रामघाट र गन्नी एफसी भिड्ने छन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो