पोखरा । माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइटड फुटबलमा क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिताको सोमबार अन्तिम चार टिमको टुंगो लागेको हो ।
क्वाटरफाइनलको पहिलो खेलमा बि–१३ ले कमलपोखरीलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बि–१३ को जितमा नकुल तामाङ र विनय तामाङले समान १/१ गोल गरे भने, कमलपोखरीका लागि विनम गुरुङले एक गोल गरे । उक्त खेलको म्यान अफ दि म्याच बि–१३ का नकुल तामाङ घोषित भए ।
दोस्रो खेलमा लामागाउँले भुजुङ एफसीमाथि ५–० सानदार जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । पहिलो हाफमा ३ गोलको अग्रता लिएको लामागाउँले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लामागाउँका लागि अनुज भण्डारीले ह्याट्रिक गरे । उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए । यस्तै मीन गुरुङ र मनिष क्षेत्रीले समान १/१ गोल गरे ।
तेस्रो खेलमा रामघाट एफसीले नदीपुर एफसीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । रामघाटको जितमा दिपेश आले नायक बने । उनले टोलिका लागि दुवै गोल गरे । आले खेलको म्यान अफ द म्याच घोषित भए ।
क्वाटरफाइनलको अन्तिम खेलमा गन्नी एफसीले त्रिशक्ति युनाइटेडलाई १–० झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । अनिस तामाङले गोल गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफि दी म्याच समेत घोषित भए । प्रतियोगिताको सेमिफाइन र फाइनल खेल भोलि हुनेछन् । फाइनल प्रवेशका लागि बि–१३ र लामागाउँ भिड्ने छन् भने, रामघाट र गन्नी एफसी भिड्ने छन् ।
सम्बन्धित खबर
पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात
गण्डकीमा यू–१५ राष्ट्रिय जुनियर प्रतियोगिताको तयारी सुरु
सन्दीपको निलम्बन फुकुवा, टी-२० विश्वकप खेल्ने बाटो खुल्यो
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण सुरु
पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग