पोखरा । पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले बि–१३ बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।
शिशुवा भद्रकालीको जितमा युनिक तामाङले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुङ, प्रविन गुरुङ र मनिल गुरुङले समान १/१ गोल गरे ।
यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुङ र धिरज मगरले १/१ गोल फर्काए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटसलको विकासमा यस प्रतियोगिताले टेवा पुर्याउने धारणा व्यक्त गरे ।
उनले आगामी प्रतियोगितालाई व्यवसायिक बनाउनका लागि ठुला कम्पनीहरुलाई जोड्नुपर्नै बताउदै आफुले पनि सहकार्य गर्न तयार रहेको बताए । सो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने बताउदै निरन्तरता दिनुपर्ने बताए ।
उनले आफ्नो कार्यकालमा नेपालमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको स्मरण गर्दै वर्तमान नेतृत्वको सरकारले पनि निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
‘मेरो नेतृत्वमा पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय लिग सम्पन्न गरेका थियौं, उनले भने, ‘अहिलेको सरकारले पनि यस्तो खालको प्रतियोगितालाई सहजीकरण र व्यवस्थापन गर्न जरुरी छ । र राष्ट्रिय लिगलाई पनि निरन्तरदा दिन आवश्यक छ ।’
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’