एसीसी यू–१९ प्रिमियर कपमा नेपालको दोस्रो जित

एसीसी यू–१९ प्रिमियर कपमा नेपालको दोस्रो जित

nepal cricket u19

पोखरा । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आज मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

जितका लागि बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका देव खनाल र अर्जुन कुमालले ३२–३२ रन जोडे । बहराइनका एनेस ओबाइद सयेदले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ ओर ५ बलमा ७७ रन बनाउँदै अलआउट भएको थियो ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ३४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ नेपालका दीपेश कँडेलले ६ विकेट लिए । यस्तै, दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको नेपाल लगातार दोस्रो जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ ।

अब नेपालले अन्तिम खेलमा आउँदो बिहीबार साउदी अरेबियासँग खेल्नेछ । यो खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds