पोखरा । पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगितामा सबिन मेमोरियल सेमिफाइनलमा प्रवेश गरेको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
सविनको जितमा अविनाश तामाङले निर्णायक गोल गरे भने, एक गोल फाइटरको तर्फबाट आत्मघाती गोल भएको थियो । यता फ्रिडम फाइटरका लागि नविन लामाले सान्त्वना गोल फर्काए ।
प्रिक्वाटरका ५ खेल सम्पन्न
आज (सोमबार) सम्पन्न प्रिक्वाटरफाइनलका ५ खेलबाट मेन्टेन एफसी, फ्रिडम फाइटर काठमाडौं, एडी युनाइटेड पोखरा, क्वाटरफाइनलमा प्रवेश गरे ।
पहिलो खेलमा मेन्टेन एफसीले बेलिज एफसीलाई ५–३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । मेन्टेनको जितमा विशाल सारुमगरले २ गोलको योगदान दिए यस्तै सन्तलाल तामाङ, सुवास श्रेष्ठ र जेनेश प्रजापतिले समान १/१ गोलको योगदान दिए । यता बेलिजका लागि संगम दर्जी, नविन तामाङ र विनय तामाङले समान १/१ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा फ्रिडम फाइटरले जनएकता एफसी चाउथेलाई ७–१ गोलको फराकिलो पराजित गर्याै । फ्रिडमको जितमा मणिकुमार लामाले ४ गोलको योगदान दिए । यस्तै नविन लामा, अनिल खड्का र सुशान्त श्रेष्ठले समान १/१ गोलको गरे भने जनएकता चाउथेका लागि रोशन नेपालीले सान्त्वना १ गोल फर्काए ।
यस्तै तेस्रो खेलमा एडी युनाटेडले राजन एण्ड ब्रदर्श टिम ‘ए’ माथि ८–४ गोलको फराकिलो गोल अन्तरले जित निकाल्यो । एडी युनाटेडको जितमा अर्जुन मगरले ह्याट्रिक पूरा गरे । रोशन मगरले ४ र विकास परियारले १ गोल गरे ।
यता राजन एण्ड ब्रदर्श टिम ‘ए’ का लागि जीवन गुरुङले २, सन्दिप गुरुङ र विकास परियाले समान १/१ गोल फर्काए ।
आज भएको प्रिक्वाटरको अन्तिम खेलमा दीप युनाटेडले आरआईसी एफसीलाई ३–२ गोलले पराजित गरेको छ । दीपको जीतमा आशिष छन्त्याल, फोनश कार्की र निकेश गुरुङले गोल गरे । यता आरआईसीका लागि सुमन गुरुङ र आयुष थापाले समान १/१ गोल फर्काए ।
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’