गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । क्राइममा आधारित वेब सिरिज ‘आरती’ को ट्रेलर आश्विन २७ गते घटस्थापनाका दिन सार्वजनिक भएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज भएको छ। उक्त सिरिजको कथावस्तु जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित रहेको छ।
सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ। रोशन दासको कथा र निर्देशन रहेको छ भने कथा लेखन हिकमत शर्माले गरेका हन्।
मैथिली भाषामा न्यारेशन र संवाद-अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डब्बिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको रहेको छ।
उक्त सिरीज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन्। आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर रहेका छन्।
आदर्श प्रडक्सनस (Adarsh Productions) यूट्युब च्यानलमा मैथिली र OSR Digital यूट्युब च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको छ। ६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरीजको सम्पूर्ण एपिसोड OTT platform ‘Net TV’ र Galaxy 4K टेलिभिजनमा प्रसारण हुने भएको छ।
सत्ताधारीको औँलाको ईशारामा चल्ने न्यायलय बलात्कार गरेर हत्या गरिएको वा दाईजोकै कारणले मारेर देखाबटीरुपमा फाँसी झुण्डयाईएको आरतीहरूलाई न्याय दिनलाई कति बेईमानी भई रहेको छ भन्ने कुराको चित्रण गरिएको छ। यस सिरीजमा इतिहासमा सती प्रथाका कारण सती जानेहरू देशलाई सरापेका थिए तर समाजका दानवहरूले आफ्नो स्वार्थका लागि ज्यानको आहुति दिन बाध्य बनाउँने चेलीबेटीहरूद्वारा समाज र देश श्रापित नहोस् भन्ने आम जनताका मनका भाव सहजै प्रस्तुत गरिएको देखिन्छ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’