पोखरा । पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् ।
नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र ढुकु एफसीले फाइनलमा भेट पक्का गरेका हुन् ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेन्टेन एफसीले आयोजक राजन एण्ड द ब्रदर्श टीम ‘बि’लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा मेन्टेनको जितमा जेनिश प्रजापतिले निर्णायक गोल गरेका थिए ।
यस्तै दोस्रो सेमिफाइनलमा खेलमा काठमाडौंको ढुकु फुटसल हबले सविन मेमोरियललाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
ढुकुको जितमा अमित लामा, अभय राणा र बिक्रान्त लामाले समान १÷१ गोल गरे । भने सबिन मेमोरियल लागि विजय श्रेष्ठले सान्त्वना गोल गरे ।
मेन्टेन एफसी र काठमाडौंको ढुकु फुटसल हबले पोखरा रंगशालाको कभर्ड हलमा बिहान ११ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो