पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष बिच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ ।
पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा आईतबार भएको फाईनलमा लामाचौरलाई लगाातार ३ सेटमा हराउँदै चनौटे टिमले उपाधि हात पारेको हो ।
उपाधिसँगै चनौटेले च्यांङ्ग्रा, मेडल ट्रफी र प्रमाणपत्र तथा उपविजेता लामाचौरले भेडा, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । विजेता र उपविजेता टिमलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङले पुरस्कार प्रदान गरे ।

समापन कार्यक्रममा वोल्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले टोल विकास संस्थाहरुले गर्ने शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विकास निर्माण र सामाजिक कार्यमा स्थानिय सरकारले सधै सम्वन्य गर्ने स्पष्ट पारे । संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक मिन वहादुर गुरुङले वडादशैं सामाजिक सद्भाव र एकताको प्रतिक भएको बताउँदै, यस्ता कार्यक्रमले एक आपसमा भाईचारा वृद्घी गर्ने बताए ।
उनले सबैको सहकार्यवाट कार्यक्रम सफल भएको वताउँदै, आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिईने बताए । कार्यक्रममा ह्याण्डवलकी अन्तर्राष्ट्रिय खेलाडी विमला भुजेल, जेष्ठ नागरिक दिल वहादुर गुरुङ र वीर वहादुर तामाङलाई मायाको चिनो सहित दोशल्ला ओढाएर सम्मान गरियो । कार्यक्रममा विभिन्न सहयोगदाता, प्रायोजक, स्वास्थ्यकर्मि, कलाकार, लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
तीन दिनसम्म संचालन भएकोे प्रतियोगितामा पोखराका १, १६, १९ र २० नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी १० टिमले सहभागिता जनाएका थिए । समापनका अवसरमा स्थानिय कलाकार इशु गुरुङ, प्रतिमा गुरुङ, राजेश तामाङ र खुशीमान गुरुङले मौलिकता झल्कने साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो