पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट अवैध लागू औषधसहित ४ जना पक्राउ परेका छन् ।
सोमबार पृथ्वीचोकस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसमा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध फेला पारेको हुँदा उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा चालक गोरखा शहीद लखन गाउँपालिका– ३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– १५ रामबहार बस्ने वर्ष ३५ का हिरा बहादुर नेपाली, सह–चालक स्याङ्जा पुतली बजार नगरपालिका– ५ नयाँबजार बस्ने वर्ष ३८ का विशाल कार्की, सह–चालक स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ३ बस्ने वर्ष ४५ का टिकाराम पौडेल, सह–चालक म्याग्दी अन्नपूर्ण गाउँपालिका– १ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने वर्ष ३७ का दिपक परियार रहेका छन् ।
उनीहरुले लुकाई छिपाई राखेको एमफेटामाईन (आईस) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३७.५० ग्राम लागू औषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि कास्की जिल्ला अदालतबाट अनुमति लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प