काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ मा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सुन्दरबस्तीस्थित सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापश्चात् उपचारका लागि अस्पताल पुर्याइएकामा बिहान साढे ७ बजे उनलाई मृत घोषणा गरिएको प्रहरीले बताएको छ।
बिहान ६ः४५ बजे बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई पनौतीमा ठक्कर दिएको थियो। रामेछाप जाँदै गरेको उक्त गाडी सडकको नालीमा खस्न पुगेको प्रहरीले बताएको छ।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल घाइते भएका छन्।
रामेछाप मन्थली नगरपालिका–२ की ३० वर्षकी ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ बस्ने वर्ष १८ का रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने वर्ष ३८ का अनिल आलेमगर पनि घाइते भएका छन्। उनीहरू गाडीमा सवार थिए।
मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्।
उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन