पोखरा । पोखरामा मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । मोटर स्पोर्टस् संस्था (नासा) सँग आवद्ध भिआर–४६ मोटर स्पोर्टस् प्रालिले आगामी ८ र ९ मंसिरमा पोखरामा सो रेस गर्न लागेको हो ।
इटालियन रेसिङ टिमको नेपाल शाखाको रुपमा रहेको भिआर–४६ मोटर स्पोर्टस्का प्रबन्ध निर्देशक माइकल थापाले प्रतियोगितामा करिब १ सयभन्दा बढी प्रतियोगीले भाग लिने छन् ।
पोखरा रंगशालाको कालोपत्रे सडकमा हुने यो प्रतियोगिता नेपालकै पहिलो ठूलो बाइक रेस भएको उनको दाबी छ । यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए । उनले भने, ‘अब पोखरा हिमाल र तालले मात्रै चिनिने छैन साहासिक खेलकुदको उत्कृष्ट खेलमध्यको एक बाइक रेसले पनि विश्वमा चिनिने छ ।’
नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषय समेत भएकोले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको थापाले बताए ।
गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरुलाई दोश्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको थापाले बताए । संस्थाले विगतमा रोड सेफ्टीका विषयमा समेत धेरै युवालाई प्रशिक्षण प्रदान गरेको उनले जनाए ।
प्रथम, दोस्रो र तेस्रोले क्रमशः १ लाख, ७५ हजार र ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसको अवसर मिल्नेछ । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने आयोजकको अनुमान छ । यो रेस हेर्न टिकट काट्नुपर्नेछ । साधारणतर्फ २ सय र भिआइपीतर्फ १ देखि ५ हजारसम्मको टिकट बिक्री गरिने तयारी छ ।
प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरी दुई प्रकारका बाइक प्रयोग हुनेछन् ।

सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ