पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत अम्लेखगञ्ज हात्तीसारमा रहेको गौरीकली नामक हात्तीको ६९ वर्षको उमेरमा निधन भएको छ ।
यमगज नामक जंगली हात्तीले हात्तीसारका अन्य जवान हात्तीलाई दुख दिन थालेपछि गौरीकला करिब १ वर्षदेखि हात्तीसारमा एक्लै बस्दै आएकी थिइन् ।
पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतले गौरीकली घटस्थापनाको दिनदेखि अशक्त भई बिरामी भएको र नवमी (सोमवार) को दिन मृत्यु भएको बताएका छन् । उनको मृत्यु कुनै रोगको कारण भन्दा पनि उमेर हदका कारण बुढी भएर मृत्यु भएको बताएका छन् ।
नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रूपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्युपछि निकुञ्जकै पशु चिकित्सकले सोमबार पोस्टमार्टम गरेपछि साँझ हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सद्गत गरिएको भगतले जनाएका छन् ।
सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको हो । सुरुदेखि अम्लेखगञ्ज स्थित हात्तीसारमा बस्दै आएकी गौरीकलीको आफ्नो सन्तान छैनन् । यमगज नामक जंगली हात्ती हात्तीसारका रहेका अन्य घरपालुवा हात्ती र आसपासको बस्तीमा छिरेर दुख दिन थालेपछि निकुञ्जले सबै हात्तीलाई निकुञ्जभित्रको रामहोरी भाटामा सारेको छ ।
गौरीकलीको पनि मृत्यु भएपछि अहिले अमलेखगन्ज स्थित हात्तीसार हात्तीविहिन भएको छ । जंगली हात्ती यमगज निकुञ्ज वरपर नै भएकाले हात्तीसारमा तत्कालै हात्ती ल्याउन सक्ने अवस्था नभएको निकुञ्ज प्रशासनले जनाएको छ ।
हात्ती अभावमा हात्तीसार र त्यस वरपरको होटल तथा पर्यटन गतिविधि ठप्प प्राय भएको छ । अमलेखगन्ज हात्तीसारमा १० हात्तीको दरबन्दी रहेको छ । तीनमा एक मत्ता र सबै ढोइ छन् । प्रत्येक हात्तीलाई ३ वटा कर्मचारीको दरबन्दी छ । त्यस अनुसार हात्तीसारमा अहिले ५ माहुते, ५ पछुवा र ५ फनैतको दरबन्दी छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन