पोखरा महानगरपालिका वडा नं. २२ मा दुर्घटनामा परेको नगरबसमा सवार सबै यात्रुको नाम ठेगाना खुलेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् ।
घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काठमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१ का ३५ वर्षिय बुद्धिराज सुवेदी र पोखरा १७ का ५७ वर्षिय उत्तमबहादुर गुरूङ छन् ।
यस्तै, मध्यम घाइते हुने चार जनामा पोखरा १७ कि ३१ बर्षकी अनिता थापा, पोखरा १५ कि १६ वर्षीया विनिता न्यौपाने, काठमाण्डुकी २८ बर्षीया विनिता पराजुली र पोखरा १७ कि ६१ वर्षीया राधिका थापा रहेका छन् ।

पोखरा छोरेपाटबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटनदेखि ५०० मिटर माथि घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।
बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकले जानकारी दिए ।
छोरेपाटनदेखि शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने पोखरा यातायात प्रालिको सो बस दिउँसो पौने १ बजेतिर उकालो स्थानमा दुर्घटनामा परेको हो ।
सम्बन्धित समाचार:
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो