ईसेवाको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरूबाट ओटीपी (वन टाइम पासवर्ड) मागेर रकम चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।
केवाईसी फर्म अपडेट गर्ने लगायत अन्य बहानामा ओटीपी मागेर रकम चोरी गरेकाे भन्दै प्रहरीले रौतहट गौर नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका वडा नं ६ बस्ने १९ वर्षीय दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटसँगकाे समन्वयमा उनीहरूलाई पक्राउ गरिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका पाँचै जनाले विभिन्न मोबाइल नम्बरबाट पीडितलाई फोन सम्पर्क गर्थे । अनि, म ईसेवाको आधिकारिक कर्मचारी हुँ भनेर प्रयोगकर्तालाई विश्वस्त बनाउँथे ।
त्यसपछि तपाईंको ईसेवा आईडी बैंक खातासँग लिङ्कअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने बनाउने र ५० प्रतिशत क्याश रकम उपलब्ध गराउने आश्वासन दिन्थे । त्यसपछि प्रयोगकर्ताको अकाउन्टमा आएको ओटीपी कोड माग्थे, अनि आफ्नो डिभाइसमा लगइन गर्थे । त्यसपछि प्रयोगकर्ताको वालेट तथा लिङ्क भएको बैंक अकाउन्टबाट रकम आफ्नोमा ट्रान्सफर गर्थे ।
यसरी विभिन्न १८ जना व्यक्तिबाट १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी भएपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा राैतहटका विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनामाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो