पोखरा । पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको साथै जनसेवाका कार्यमा कहिल्यै पछि नहट्ने कास्की प्रहरी प्रमुख थापाले प्रतिवद्धता जनाए ।
पोखरामा अहिले विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यका सचिवालय प्रमुख पुर्ण लामाले जीवनदान जस्तो पुण्यको काममा सहभागिता जनाउनेप्रति धन्यवाद ज्ञापन गरेका थिए । पोखरामा रगतको अभाव हुन नदिन रक्तदानको कार्यक्रम आयोजना गर्न संघ, संस्थाहरुलाई उनले आग्रह समेत गरे ।
कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देबेन्द्र सुबेदीले आकस्मिकरुपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता प्रति धन्यवाद व्यक्त गरेका थिए । पोखरामा रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रममा वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबले समन्वय गरेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला