पोखरा । चोरेको मोबाइलको मूल्य १७ सय रुपैंयाको हो । तर, चोरी गर्नेले २ हजार जरिवाना र विगो १ हजार ७ सय २० तथा पीडित राहत कोषमा २ सय बुझाउनुपर्ने फैसला जिल्ला अदालत कास्कीबाट भयो । यति रकम बुझाउन नसक्दा चोरीमा संलग्न दिपेश श्रेष्ठ जेल चलान भएका छन् ।
घटना विवरणः
अन्नपूर्ण गाउँपालिका ७ का २३ वर्षीय दीपेश श्रेष्ठले गत असोज २५ गते महानगरपालिका वडा नम्बर ९, नयाँबजारको एक पसलबाट दिउँसो साढे ३ बजेतिर रेडमी कम्पनी मोबाइल चोरी गरेका थिए । हाल नयाँबजार नै बस्ने दीपेशलाई मोबाइलसहित सोही दिन नै वडा प्रहरी कार्यालय, बैदामले पक्राउ गरेको थियो ।
त्यसपछि, प्रहरी हिरासतमा अनुसन्धानको सिलसिलामा रहँदाको अवधिले शुक्रबार २२ दिन जेल सजाय कट्टा भएको थियो । तर, अदालतले गरेको जरिवाना बुझाउन नसकेपछि दीपेश शुक्रबार नै जेल चलान भएको वडा प्रहरी कार्यालय, बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । ।
अदालतले जरिवाना रकम कट्टा हुने गरी थप ७ दिन थुनामा राख्न आदेश दिएको छ । अब उनी दैनिक ३ सयका दरले कट्टा हुने गरी ७ दिन कारागार बस्नेछन् । जरिवाना बापतको रकम दाखिला गर्न नसक्दा उनी जेल चलान भएका हुन् ।
अदालतकाे आदेशसँगै चोरीमा संलग्न दिपेशलाई कारागार कार्यालय कास्की सचालन गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार