पोखरा । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले नेपालसहित ११ देशका ८८ जना प्रतिस्पर्धीले सहभागि जनाउने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।
खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । साथै उक्त क्षेत्रमा प्रतियोगितालाई निरन्तरता दिने उनले बताए ।
प्रतियोगिताको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालले पर्यटन प्रवद्र्धनका लागि आर्बालाई चुनिएकोमा आभार व्यक्त गरे । प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै वडाध्यक्ष बरालले महानगरबाट पनि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले स्वास्थ्यका लागि खेलकुद आवश्यक भएकाले विभिन्न खेलकुद प्रतियोगिता भइरहनुपर्ने र यसलाई निरन्तरतालाई जोड दिनुपर्ने बताए । प्रतियोगितामा कास्की साइक्लिङ संघले साथ र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछभने ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १४०० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षिक भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो