पोखरामा बसबाट झर्नासाथ झोला तानेर दु:ख हैरानी दिने २ युवक छोरेपाटनबाट पक्राउ

पोखरामा बसबाट झर्नासाथ झोला तानेर दु:ख हैरानी दिने २ युवक छोरेपाटनबाट पक्राउ

2 Yubak

पोखरा। पोखरामा पर्यटकहरूको झोला तान्ने तथा हैरानी दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रोकेर दु:ख हैरानी दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा -१७ छोरेपाटन बस्ने २३ वर्षीय रमेश सुवेदी र पोखरा -३१ बस्ने २७ वर्षीय कमल पौडेल छन्।

प्रहरीका अनुसार मंगलबार राति अन्दाजी ९:३० बजेको समयमा छोरेपाटनस्थित सिद्धार्थ राजमार्ग खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरू बसबाट ओर्लिएर आफ्नो गन्तव्य तर्फ लाग्ने क्रममा आफूखुसी उनीहरूको झोला तानेर ‘मैले चिनेको होटलमा जाउँ’ भन्दै दु:ख, हैरानी दिने तथा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्दै गरेको अवस्थामा प्रहरी चौकी छोरेपाटनबाट रात्रीकालिन गस्तिमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि अभद्र व्यवहार कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

– अद्यावधिक गरिएको । तस्वीर प्रहरीबाट प्राप्त भए बमाेजिम अद्यावधिक ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds