लामो समय देखि बहुप्रतिक्षित कोरला नाका यहि नोभेम्बर १३ तारिख अर्थात् कार्तिक २७ गते खुल्ला हुने भएको छ ।
चिनको तिब्बत स्वशासित क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङको समुपस्थितिमा नाकाको शुभारम्भ गरिने कार्यक्रम तय भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।
उनले यो अत्यन्तै खुशीको कुरा भएको बताउँदै यस कार्यमा पहल प्रयत्न गर्ने सबै प्रति धन्यवाद ज्ञापन गरेका छन् । साथै, यस नाकाको चिन तर्फको क्षेत्रमा पोखरा महानगरपालिकाको प्रतिनिधि मण्डलले अध्ययन अवलोकन गरेको पनि बताएका छन् ।
सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इन्द्रधारा विष्टका अनुसार नाकाको नेपाली समयानुसार बिहानको १० बजे अर्थात् चिनियाँ समयानुसार दिउँसो १ बजे उद्घाटनका निम्ति तयारी भइरहेको छ ।
पर्वको छेको पारेर केही दिन खुल्ने सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यवसाय गर्न पाउने छन् ।
भन्सार चल्ने गरी होइन, पहिले झैं स्थानीयका लागि पर्वका बेला खोल्ने तयारी
यद्यपी, भन्सार नै चल्ने गरी खुल्न लागेको भने होइन । पहिलेजस्तै स्थानीयका लागि पर्वको बेला खोल्ने तयारी भएको बताइन्छ ।
सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ ।
केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षित् बनेका छन् । केहि वर्षदेखि नाका बन्द थियो ।
चीन तर्फबाट ठूला ठूला पक्की संरचनाहरु भने बनिसकेका छन् । भन्सार नै चल्ने गरी उतातर्फ तयार भइसकेको अवस्थामा नेपाल तर्फ भने केही काम भएको छैन ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु