घाँस काट्दा लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन्। पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साता उपचार पश्चात बिहीबार डिस्चार्ज भएका हुन्। पोखराको नदिपुरमा घाँस काट्ने क्रममा उनी कात्तिक १० गते लडेर घाइते भएका थिए।
उनको टाउको, छाती र ढाडमा चोट लागेको छ। घिमिरेलाई अर्को साता जाँचमा आउने गरी डिस्चार्ज गरेको अस्पतालका निर्देशक डा. अभिषेक मास्केले जानकारी दिए।
‘बिरामीको टाउकोमा लागेको चोट सुधार भएको छ, करङ भाचिएर फोक्सोमा लागेको चोट र ढाँडमा काटेको चोट पनि निको हुँदै गएको छ,’ डाक्टर मास्केले भने, ‘बिरामीको उच्च मनोबलले पनि निको हुन मद्दत पुर्याएको छ, हामीले अर्को साता फलोअपमा आउनु भनेर डिस्चार्ज गरेका छौं।’
अस्पतालबाट राम्रो सुविधा पाएकाले आफूलाई छिटो निको भएको कलाकार घिमिरेले बताए। उनलाई केही दिन आइसियुमा राखेर उपचार गरिएको थियो। शरीरमा लागेका चोटका कारण उनी अर्धचेत अवस्थामा थिए।
कात्तिक १० गते बिहान उनका निकट मित्र प्रेम शेरचनको घर नजिकै घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका थिए। शेरचनको घर नजिकै रहेको ब्लकको पर्खालमा समातेर डाले घाँस काट्दा पर्खालको वाल भत्किएर उनी लडेका थिए। उनी लडेर ५० मिटर तल खोँचमा खसेका थिए।
घिमिरे लडेको थाहा पाएपछि शेरचनले उद्धार गरी अस्पताल पुर्याएका थिए। नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्।
२०६१ सालतिर निर्देशक नवीन सुब्बा निर्देशित टेलिसिरियल दलनमा अभिनय गरेर उनी फिल्मी क्षेत्र प्रवेश गरेका थिए।
उनले टलकजंग भर्सेस टुल्केु, पशुपति प्रसाद,फन्को, जात्रा, पञ्चेबाजा, पानीफोटो लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्। प्रकाश अभिनीत चलचित्र भष्मे डन अहिले प्रदर्शनमा छ।
नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन्।
कलाकार घिमिरे दसैं लगत्तै चलचित्र ‘महाजात्रा’को छायाङ्कन गर्ने तयारीमा थिए भने मंसिरमा चलचित्र ‘डिग्रीमाइला’मा अभिनयको तयारीमा थिए। छिट्टै निको भएर अभिनयमा फर्किने घिमिरेले बताएका छन्।
सम्बन्धित समाचारः
‘महाजात्रा’ निर्माणपक्षसँग अभिनेता घिमिरे कृतज्ञ
ज्यान हस्पिटल बेडमा, मन सुटिङ सेटमा
अभिनेता घिमिरेको स्वास्थ्य अवस्थामा सुधार
कलाकार घिमिरेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ