जोमसोम— मुस्ताङका ५ वटै पालिकाका नागरिकलाई कोरला नाका (नेचुङ—लेग्चे) सीमापारी जान पाउने भएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङको विशेष पहलमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई मात्र दिने गरिएको सीमापार प्रस्थान अनुमति पत्र पास अब वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका नागरिकलाई पनि पाउने भद्र सहमति भएको बताइन्छ ।
चीनले नेपाल पक्षले मुस्ताङका सबै पालिकाका नागरिकले सीमापार प्रस्थान अनुमति पत्र पास लिएर आएमा चीनले प्रेवशमा रोकतोक नगर्ने सहमतिभएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
लगातार ४ वर्षपछि आज सोमबार औपचारिक रुपमा विधिवत उद्घाटन भएको नेचुङ—लेग्चे कोरलानाकाको औपचारिक कार्यक्रममा उक्त सहमतिभएको अध्यक्ष बिष्टले जानकारी दिए । योसंगै मुस्ताङका ५ वटै पालिकाका नागरिकले सीमापार प्रस्थान अनुमतिपत्र पास पाउने अध्यक्ष बिष्टको भनाई छ । उक्त सहमति चीन पक्ष र नेपाल पक्षबीच भद्र सहमति भएको उनले बताए ।

यसैगरी, आज सोमबारदेखि संञ्चालनमा आएको नेचुङ —लेग्चे कोरला नाका अब दैनिक बिहान ८ बजेदेखि दिउँसोसम्म खुल्ला रहने सहमति गरिएको छ । जसअन्तर्गत बिहान ८ बजे देखि ३ बजे सम्म संञ्चालन हुने नाका खुल्ला अवधिको बिहान ११ बजेदेखि १२ बजेसम्म खाना खाने ब्रेक समय रहने सहमति भएको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए ।
हिउँदयामको प्रतिकुल मौसम, हिमपातका कारण नाका आउजाउमा असहज हुने अवस्था आएमा नेपाल पक्ष र चीन पक्षबीचको सहमतिमा आवश्यक निर्णय लिने सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।
लगातार ४ वर्षदेखि बन्द नेचुङ—लेग्चे कोरलानाका खुल्ला गरिएको पहिलोदिन करिव ७ सय नागरिकले चीनको तिब्बती बजारमा गएर मालसामान खरिद गरे । नाकाको पहिलोदिन अहिले सम्मकै निकै ठुलो मानव चहलपहल थियो । पहिलो दिन भएकाले चीन पक्षले नेपाल पक्षका नागरिकलाई कडा चेकजाँच गरेको थियो ।


तस्वीरः सुन्दरकुमार थकाली

तस्वीरः सुन्दरकुमार थकाली


सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु