दलालमार्फत् लुकिछिपी बिना भिसा अमेरिका पुगेका नेपाली युवकको ज्यान गएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ का स्थायी बासिन्दा ३४ वर्षका सुवास श्रेष्ठको ज्यान गएको हो । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।
उनी गत सेप्टेम्बर २ तारिखमा अमेरिका प्रवेश गरेको खसोखास डटकमको समाचारमा उल्लेख छ । दलाललाई मोटो रकम बुझाएर विना भिसा अमेरिका पुगेका उनी त्यहाँ छिर्नासाथ अमेरिकी प्रहरीको नियन्त्रणमा पुगेका थिए । त्यसपछि उनलाई अध्यागमन हिरासतमा राखियो ।
टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा आइसको हिरासतमा रहेका श्रेष्ठको सोमबार मृत्यु भएको अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसले पुष्टी गरेको समाचार छ । सन् १९८९ को जुन ४ मा जन्मिएका सुवासको मृत्युको कारण केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
श्रेष्ठ गत सेप्टेम्बर २ मा एरिजोनाको लुकभिल नजिकैबाट विना भिसा अमेरिका प्रवेश गरेका थिए । उनी अध्यागमन अधिकारीद्वारा निरीक्षण, भर्ना वा प्यारोल बिना नै अमेरिका प्रवेश गरेको आइसले जनाएको छ ।
पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।
यूएस बोर्डर पेट्रोलले उनलाई अध्यागमन र राष्ट्रियता ऐनको सेक्सन २१२ अन्तर्गत शीघ्र देशनिकालाका लागि सूचना र आदेश दिएको थियो । सेप्टेम्बर ९ मा यूएस बोर्डर पेट्रोलले श्रेष्ठलाई इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन सान एन्टोनियोमा स्थानान्तरण गरेको थियो । त्यसपछि उनलाई उनलाई कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखिएको थियो, जहाँ उनको अध्यागमन मुद्दा जारी थियो ।
नोभेम्बर १३ मा इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसनलाई उनी अचेत भएकोबारे सूचित गरिएको थियो । मेडिकल सहायता पछि श्रेष्ठलाई मृत घोषणा गरिएको थियो ।
सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् । नगर प्रमुख बस्नेतले मृत्युको खबर पाए लगतै शव स्वदेश झिकाउने तयारी भइरहेको बताए ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ