अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएका नेपाली युवक सुवास श्रेष्ठ दलाललाई ८५ लाख मोटो रकम बुझाएर मेक्सिको हुँदै अमेरिका छिरेको खुलेको छ ।
पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । त्यसपछि श्रेष्ठ गत सेप्टेम्बर २ मा एरिजोनाको लुकभिल नजिकैबाट विना भिसा अमेरिका प्रवेश गरेका थिए ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ का स्थायी बासिन्दा ३४ वर्षका सुवास त्यस वडाका अध्यक्षका छोरा रहेको पनि खुलेको छ । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् । नगर प्रमुख बस्नेतले मृत्युको खबर पाए लगतै शव स्वदेश झिकाउने तयारी भइरहेको बताएका छन् ।
हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । श्रेष्ठलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।
उनी गत सेप्टेम्बर २ तारिखमा अमेरिका प्रवेश गरेका थिए । विना भिसा अमेरिका पुगेका उनी त्यहाँ छिर्नासाथ अमेरिकी प्रहरीको नियन्त्रणमा पुगेका थिए । त्यसपछि उनलाई अध्यागमन हिरासतमा राखियो ।
टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा आइसको हिरासतमा रहेका श्रेष्ठको सोमबार मृत्यु भएको अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसले पुष्टी गरेको खसोखासको समाचारमा उल्लेख छ । उनी अध्यागमन अधिकारीद्वारा निरीक्षण, भर्ना वा प्यारोल बिना नै अमेरिका प्रवेश गरेको आइसले जनाएको छ ।
यूएस बोर्डर पेट्रोलले उनलाई अध्यागमन र राष्ट्रियता ऐनको सेक्सन २१२ अन्तर्गत शीघ्र देशनिकालाका लागि सूचना र आदेश दिएको थियो ।
सेप्टेम्बर ९ मा यूएस बोर्डर पेट्रोलले श्रेष्ठलाई इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन सान एन्टोनियोमा स्थानान्तरण गरेको थियो । त्यसपछि उनलाई उनलाई कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखिएको थियो, जहाँ उनको अध्यागमन मुद्दा जारी थियो ।
नोभेम्बर १३ मा इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसनलाई उनी अचेत भएकोबारे सूचित गरिएको थियो । मेडिकल सहायता पछि श्रेष्ठलाई मृत घोषणा गरिएको थियो ।
सम्बन्धित खबर
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ