चलचित्र निर्माता र हलवालाबीच ५०-५० प्रतिशतको सेयर बाँडफाँड गरिने निर्णय भएको छ । बिहीबार चलचित्र निर्माता संघ र हल सम्बन्धी छाता संगठन चलचित्र संघबीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।
यसअघि फिल्म प्रदर्शनको पहिलो र दोस्रो हप्ता हलवाला र निर्माताले ५०/५० प्रतिशत सेयर पाउने व्यवस्था थियो । तेस्रो हप्तादेखि भने हलवालाले ६५ अनि निर्माताले ३५ प्रतिशत मात्र पाउँथे ।
यसअघि सोही विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता भएको थियो। ५ गते वार्ता बस्ने सहमति भएसँगै फिल्म प्रदर्शन नरोक्ने निर्णय गरेका थिए।
तर, ५ गतेको वार्ता निष्कर्षविहीन भएपछि दुवै संघले वार्ता समिति गठन गरेर छलफल अगाडि बढाएका थिए। बुधबार र बिहीबार दुईदिनको वार्तापछि ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति मिलेको हो।
यही व्यवस्थाले निर्माता मारमा पर्ने भन्दै ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेतले सेयर बाँडफाँड बराबार हुनुपर्ने माग राखेका थिए । शो वितरणमा भएको असन्तुष्टी पोख्दै सेयर बाँडफाँड बराबार नभएसम्म हलमा फिल्म नै नलगाउने भन्दै ‘दिमाग खराब’को प्रदर्शन स्थगन गरेसँगै दुई संस्थाले यो विषयमा नयाँ निर्णय सुनाएको हो ।
‘स्वदेशी चलचित्र उद्योगको वृहत्तर हितका लागि स्वदेशी चलचित्र निर्माण, वितरण र प्रदर्शनमा उच्च प्राथमिकताको मान्यतालाई स्थापित गर्न तथा नेपाली चलचित्र उद्योगलाई व्यवस्थित, मर्यादित एवं सर्वसुलभ तरिकाले प्रदर्शन गर्न/गराउनका लागि नेपाली चलचित्र उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायिक संघहरू नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबिच ६ बुँदामा सहमत भइ सम्झौता/सहमति पत्रमा हस्ताक्षर गरी एक/एक प्रति लिनेदिने कार्य सम्पन्न भएको छ,’ दुई संस्थाले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि आफ्नो नयाँ हलको उद्घाटन समारोहमा कलाकार दीपकराज गिरीले उक्त हलमा ५०/५० प्रतिशत सेयर बाँडफाँड गरिने निर्णय सुनाएका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ