पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु सकिएका छन् । डबल्सतर्फ क्वाटरफाइनल सम्पन्न भएको छ ।
बिहीबार ब्वाइज सिंगलतर्फ भएका खेलहरुमा जापानका रीकु हिगासीले नेपालका निहाल जंगबहादुर थापालाई ६–२, ७–५ ले, नेपालका राजविर प्रधानले भारतका इसान्त पतरालाई ६–१, ६–२ ले, भारतका जेसन डेभिडले नेपालका सक्षम विक्रम शाहलाई ६–२, ६–२ ले, अमेरिकाका आरब सम्राट हाडाले जापानका रुया सासामोतालाई ७–५, ६–३ ले, भारतका प्रविण मुकेश छावडाले भारतका अनिकेत भेंकटरामनलाई ६–४, ६–४ ले, एलेक्से सिवइवले जापानका इप्पी मात्चुसिमालाई ७–६, ६–२ ले, भारतका दक्ष कुक्रेटीले भारतकै सन्चित सुधिर रावलाई ६–१, ७–६ ले, भारतका आहिल आयाजले नेपालका आर्यन गिरीलाई ६–३, ६–१ ले, पराजित गरे ।
ब्वाइज डबल्सतर्फ भारतका अधिराज ठाकुर र ओजाज मेलावटको जोडीले जापानका को फुजिकावा र एलेक्सी सिवाइवलाई, भारतका जेसन डेभिड र अनिकेत भेन्कटरामनको जोडीले नेपालका आयुषमान हजुर घले र भारतका एस पञ्चासरीलाई, जापानका रिकु हिगासी र अमेरिकाका आरब सम्राट हाडाले जापानका इप्पी मात्चुसिमा र नेपालका सक्षम विक्रम शाहलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
गल्स सिंगलतर्फ भारतका यासिका सोकिनले भारतकै दिया चौधरीलाई, भारतकै अन्वि पुनागाण्टीले भारतका दिसा बेहरालाई, भारतका इशि महेश्वरीले भारतका प्रेसा सान्थामोरथीलाई, भारतकी अर्जान खोराकीवालाले भारतकै मनिका खन्नालाई, जापानकी उता असाकुराले थाइल्याण्डको पिच छायापक श्रीमुकलाई तथा भारतका मण्डगल्ला प्रिन्सीले भारतकै रिदी सिण्डेलाई पराजित गरिन् ।
सम्बन्धित खबर
एनपीएलमा पोखरा एभेन्जर्सको लगातार चौथो हार, प्ले अफ सम्भावना लगभग समाप्त
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !