गण्डकीमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषदमा सहभागी नगराएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिको पालना नगरेको अध्यक्ष माधव कुमार नेपालले असन्तुष्टि जनाएका छन् । पार्टीलाई मन्त्रिपरिषदमा सामेल गराउने विषयमा थप कुराकानी गर्ने पनि उनले बताए ।
शनिबार पोखरामा समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पार्टीका एकमात्र प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) लाई मन्त्रीमण्डलमा सामेल गर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आग्रह गरेका हुन् ।
अहिले देशमा गठबन्धनकै सहमतिअनुसार सघं र प्रदेश सरकार चलिरहेको स्मरण गराउँदै उनले तरपनि मुख्यमन्त्री पाण्डेले त्यसमा आलटाल गरिरहेको गुनासो गरे । एकीकृत समाजवादीको एक सदस्यका कारण संसदीय अंकगणितमा फरक नपर्ने भएकाले पनि मुख्यमन्त्री पाण्डेले कुरा नसुनेको हुनसक्ने आशंकाका बीच नेपालले आज पोखरामा मुख्यमन्त्रीले नटेरेकी खुलासा गरेका हुन् ।
गण्डकी प्रदेशसहित सातै प्रदेशमा कम्तिमा एक जना मात्रै रहेपनि पार्टीका सांसद रहेकाले सहमति बमोजिम सबै ठाउमा सहभागी गराउनुपर्ने नेपालको जोड छ । नीति तथा योजना आयोगमा पनि सबै ठाउमा एकीकृत समाजवादीका सहभागिता हुने सहमति पनि भएको उनले खुलाए ।
मा मात्र नभएर देशका सातवटै प्रदेशमा आफ्नो पार्टीको तर्फबाट कम्तीमा एकजना भएपनि प्रदेशसभा सदस्य भएकोले सबै प्रदेशको मन्त्रीमण्डलमा आफ्नो पार्टीको सहभागीता अनिवार्य रहेको उनको भनाई छ ।
उनले थपे – विभिन्न ठाँउमा समितिका सभापतीहरु एक भन्दा बढी छ भने त्यो पनि प्राप्त गर्ने सहमति छ । गण्डकीमा सबै पूरा भएपनि मन्त्रीमण्डिलमा समावेश गर्ने कुरा कार्यान्वयन भएन । यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दैहुनुहुन्छ, मैले उहाँलाई अस्ति पनि भनिसकँ,े तपाई आलटाल नगनुहोस् पूरा गनुहोस्, आजपनि फोन गराँैला ।’
मन्त्री हुनकै लागि स्वतन्त्र सांसदम तत्कालिन नेकपा प्रवेश गरेको, मन्त्रीमा यथावत् रहनका लागि पुनः स्वतन्त्र नै रहेको र अहिले स्वतन्त्र विजयी भएर फेरि मन्त्री हुनकै लागि समाजवादी प्रवेश गरेको चर्चा राजिव गुरुङ (दीपक मनाङे) प्रति हुँदै आएको छ । लगातार तीन पटक खेलकुद मन्त्री भएका मनाङे भने आफू पदलोलुप नभएको जिकिर गर्छन् । तर, उनले भित्रभित्रै पार्टी माथि दबाब बढाइरहेको नत्र छाडेर हिँड्ने भनेर घुर्की लगाएको पार्टी निकट श्रोत बताउँछ ।
यद्यपी, अध्यक्ष नेपालले भने मनाङे पार्टीप्रति प्रतिवद्ध रहेको दाबी गरे । ‘उहाँ हाम्रो पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ, मैले तुलबहादुर गुरुङ कमरेडलाई के छ राजिव गुरुङ हाम्रो माननीयको बारेमा ? भनेर सोधेँ । उहाँले हाम्रो पार्टीप्रति प्रतिवद्ध हुनुहुन्छ भन्नुभयो, उहाँ पार्टीप्रतिवद्ध हुनुहुन्छ भने हाम्रो पनि जिम्मेवारी हो । उहाँलाई हाम्रो पार्टीतर्फ मन्त्री बनाउने ।’ नेपालले थपे
अर्को समाचारः
एनसेल कारोबारमा भएको बदमासीलाई छानबिन गरी दण्डित गर्नुपर्दछः माधव नेपाल
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो