पोखरा । केसी ग्रुपका निर्देशक बन्दना कार्की केसीले पछिल्लो समय नेपालमा क्रिकेट खेलको लोकप्रियता निकै माथि पुगेको बताएका छन्। क्रिकेटमा नेपालले ठूलै सम्भावना देखाएको उनले औंल्याए।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पिएम कप महिला टि २० क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत बिहीबारको प्रतियोगितामा विशेष अतिथिका रुपमा पुग्नुभएका कार्कीले नेपालले विश्वकप खेल्न सक्ने खेल किर्केटनै भएको जनाए। राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ यो क्षेत्रमा लागेका खेलाडीलाई शुभकामना व्यक्त गर्दै लक्ष्य सम्म पुग्न धैर्यता र निरन्तरता आवस्यक पर्ने बताए।
माछापुच्छ«े बैक लिमिटेडका सञ्चालक समेत रहनुभएका कार्कीले नेपालले क्रिकेटमा सफलता पाउनुको पछाडि खेलाडीहरूको अथक मेहनत र लगनशीलता रहेको उल्लेख गरे। अब सरकारले पनि यो क्षेत्रको विकासका लागि भौतिक पुर्वाधारमा ध्यान दिन आवश्यक रहेको कार्कीको भनाई थियो।
नेपालले क्रिकेटका मार्फतबाट खेल पर्यटनको विकास गर्न सक्ने प्रचुर सम्भावना रहँदा रहँदै पोखरा जस्तो पर्यटकीय सहरमा सुविधा सम्पन्न प्यारापिट सहितको मैदान बन्न नसक्नु दुःखद पक्ष रहेको बताए। पोखरा उद्योग बाणिज्य संघका सदस्य समेत रहनुभएका कार्कीले अब सरोकारवाला पक्षले यसतर्फ गंभिर भएर लाग्न सुझाव दिए। सो अवसरमा उनले खेलमा उत्कृष्टता हाँसिल गरेका खेलाडीलाई पदकले सम्मान गरे।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’