पोखरा । केसी ग्रुपका निर्देशक बन्दना कार्की केसीले पछिल्लो समय नेपालमा क्रिकेट खेलको लोकप्रियता निकै माथि पुगेको बताएका छन्। क्रिकेटमा नेपालले ठूलै सम्भावना देखाएको उनले औंल्याए।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पिएम कप महिला टि २० क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत बिहीबारको प्रतियोगितामा विशेष अतिथिका रुपमा पुग्नुभएका कार्कीले नेपालले विश्वकप खेल्न सक्ने खेल किर्केटनै भएको जनाए। राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ यो क्षेत्रमा लागेका खेलाडीलाई शुभकामना व्यक्त गर्दै लक्ष्य सम्म पुग्न धैर्यता र निरन्तरता आवस्यक पर्ने बताए।
माछापुच्छ«े बैक लिमिटेडका सञ्चालक समेत रहनुभएका कार्कीले नेपालले क्रिकेटमा सफलता पाउनुको पछाडि खेलाडीहरूको अथक मेहनत र लगनशीलता रहेको उल्लेख गरे। अब सरकारले पनि यो क्षेत्रको विकासका लागि भौतिक पुर्वाधारमा ध्यान दिन आवश्यक रहेको कार्कीको भनाई थियो।
नेपालले क्रिकेटका मार्फतबाट खेल पर्यटनको विकास गर्न सक्ने प्रचुर सम्भावना रहँदा रहँदै पोखरा जस्तो पर्यटकीय सहरमा सुविधा सम्पन्न प्यारापिट सहितको मैदान बन्न नसक्नु दुःखद पक्ष रहेको बताए। पोखरा उद्योग बाणिज्य संघका सदस्य समेत रहनुभएका कार्कीले अब सरोकारवाला पक्षले यसतर्फ गंभिर भएर लाग्न सुझाव दिए। सो अवसरमा उनले खेलमा उत्कृष्टता हाँसिल गरेका खेलाडीलाई पदकले सम्मान गरे।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला