पोखराको सेती नदीमा माछा मार्दै गरेका युवकको ढुंगाले लागेर मृत्यु

पोखराको सेती नदीमा माछा मार्दै गरेका युवकको ढुंगाले लागेर मृत्यु

Tulasi ghat

पोखराको तुलसीघाटस्थित सेती नदीमा माछा मार्न गएका पोखराका एक युवकको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ।

पोखरा महानगरपालिका ९ निवासी २५ वर्षीय सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती माथिको भीरमाथिबाट खसेको ढुंगाले लागेको प्रहरीको जनाएको छ ।

दिउँसो सवा ४ बजेतिर माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका श्रेष्ठलाई तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा साँझ साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds