पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय झण्डा दिवसको अवसरसमेत पारेर चिवाभञ्ज्याङमा झण्डोत्तोलन गर्दै यात्रा समापनको घोषणा गरे ।
एमालेले मंसीर १४ गते बैतडीको झुलाघाटबाट यात्राको शुरूआत गरेको थियो। मध्यपहाडी लोकमार्गसँग जोडिएका २६ जिल्लाका ३० स्थानमा ठूलो जनसभा गरिएको एमालेले जनाएको छ।
यस क्रममा सयभन्दा बढी कार्यक्रम गरिएका छन्। ठाउँ ठाउँमा स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरिएको जनाइएको छ।
मध्यपहाडी लोकमार्गको यात्राले समृद्धिका लागि खाका बनाउन सहयोग गरेको अध्यक्ष ओलीले बताए। यात्राको समापन गर्दै उनले यस यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम रहेको सन्देश दिएको जिकिर गरे।

मध्यपहाडी क्षेत्रको यात्राका क्रममा संकलन भएका सुझाव तथा समस्याको समीक्षा गरेर समाधानका लागि एमालेले प्रयास गर्ने ओलीले प्रतिबद्धता जनाए। यस यात्राले एमालेलाई दरिलो शक्तिका रूपमा स्थापित गर्ने उनको भनाइ थियो।
अभियान अन्तर्गत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन नेकपा एमाले सफल भएको बताए ।
नेकपा एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उनले बताए ।
अध्यक्ष ओलीले अब एमालेलाई त्यतिले मात्र नपुगेको बताए । देश विकासको लागि एमालेलाई एकल बहुमतको सरकार आवश्यक रहेको उल्लेख गरे । त्यसले एमालेले मिसन २०८४ भनेको उनले सुनाए ।
नेकपा एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको उनले प्रष्ट पारे । त्यसको लागि एमालेलाई प्रमुख र बलिया राष्ट्रिय शक्ति बनाउन उहाँले आग्रह गर्नुभयो । ‘एकल बहुमतको सरकार बिना यो समस्या समाधान हुँदैन’, उनले भने ।
देशमा राजनीतिक, अस्थिरता, अन्योल र अराजकता बढ्दै गएको ओलीले बताए । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उनले बताए । ‘देश कंगाली तर्फ धकेलिँदै छ’, उनले भने ।
एमाले देशको रक्षाको पक्षमा रहेको उहाँले स्पष्ट पारे । आज सरकारको अयोग्यताको कारण देश नै संकटमा परेको ओलीले बताए ।

सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन