भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा मंगलबार राति बाबुले छोराको हत्या गरेका छन्।
आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका चापागाईंले घरायसी विवादकै कारण सुतिरहेको छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको पोखरेलले बताए। सागर काञ्जिरोवा नेशनल सेकेण्डरी स्कुलमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत थिए ।
छोराको हत्या गरी घरको एक तला माथिबाट हामफाली कोटेश्वरतर्फ भाग्दै गरेका डिल्लीरामलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त थिमिमा राखेर घटनाबारे थप अनुसन्धान थालेको छ।
(अघिल्ला दुई तस्विर डिल्लीराम चापागाईं र सागर चापागाईंका फेसबुकबाट लिइएको हो)
सम्बन्धित खबर
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग