फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी परेपछि पक्राउ परेका पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई तथा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दुई साता अघि चार जनालाई पक्राउ गरेको थियो ।
पोखरा, लेकसाईड खहरे बस्ने वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी, उम्मेदवार बनेर पराजित भएका बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, वर्ष २२ को प्रवीन विश्वकर्मा र वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बरालसमेतलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुँदा चारै जना पुर्पक्षको लागि कारागार चलान भएको कास्की प्रहरीले जानकारी दिएको हो ।
फेवा किनारका फोटोग्राफरसँग मासिक प्रतिव्यक्ति साढे १३ हजार उठाएर आफ्नो नाममा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने पीडितको जाहेरी आधारमा पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।
सम्बन्धित समाचारः
पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना पक्राउ
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन