पोखराको अमरसिंह चोकमा शनिबार पार्टीको सभालाई सम्बोधन गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने माथि लमजुङका सन्तोष रानाभाटले मकैको खोया प्रहार गरे ।
खोइला प्रहारपछि पनि सम्बोधन गरेका अध्यक्ष लामिछानेले आफूलाई आक्रमण गर्न खोज्नेलाई केही पनि कारवाही नगर्न प्रहरी प्रशासनलाई आदेश नै दिएका थिए । उनले भनेका थिए– ‘पूर्व गृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नु, मग मग बसाउने फुलकाे थुङ्गा दिएर घर पठाईदिनु ।’
तर, खोया प्रहार गर्ने रानाभाटलाई १० दिनकाे म्याद थपेर हिरासतमै राखिएकाे छ । रविले छोड्न आदेश दिए पनि कास्की प्रहरीले बिना अनुसन्धान उनलाई छुट नदिने भएको छ ।
कास्की प्रहरीले उनी माथि थप अनुसन्धान गर्न भन्दै १० दिन समय मागे अनुसार नै जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद थप गरेको हो ।
‘उहाँले उजुरी त दिनु भएको छैन्, तर घटना किन र कसरी घट्याे घटाइयाे भन्ने कुरा अनुसन्धान गर्नु प्रहरीको दायित्व हाे, त्यसैले म्याद थपेर अनुसन्धान जारी राख्छाैँ–कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने – ‘उनले आक्रमण गरेको कुरा पनि अस्वीकार गरेका छन् । हान्छु भनेर नहानेको, झुक्किएर खोइला मञ्च तिर गएकाे बयान दिएका छन् । झट्ट हेर्दा मानसिक स्थिति पनि ठिक नभएकाे देखिन्छु ।’
तर, पनि अनुसन्धानलाई पूर्णता दिनका लागि म्याद थपेरै सबै पाटाहरु केलाउने प्रहरीको भनाई छ ।
रविमाथि खोया प्रहार पछि उनका कार्यकर्ताले ती युवालाई प्रहरी नियन्त्रण मै रहेको बेला पनि हातपात गरेका थिए । प्रहरीले भिडबाट जाेगाएर उनलाई नियन्त्रणमा लिएका थियाे ।
सम्बन्धित समाचारः
रवि लामिछानेमाथि पोखराको कार्यक्रममा खोया प्रहार [भिडियोसहित]
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’