पोखराको अमरसिंह चोकमा शनिबार पार्टीको सभालाई सम्बोधन गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने माथि लमजुङका सन्तोष रानाभाटले मकैको खोया प्रहार गरे ।
खोइला प्रहारपछि पनि सम्बोधन गरेका अध्यक्ष लामिछानेले आफूलाई आक्रमण गर्न खोज्नेलाई केही पनि कारवाही नगर्न प्रहरी प्रशासनलाई आदेश नै दिएका थिए । उनले भनेका थिए– ‘पूर्व गृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नु, मग मग बसाउने फुलकाे थुङ्गा दिएर घर पठाईदिनु ।’
तर, खोया प्रहार गर्ने रानाभाटलाई १० दिनकाे म्याद थपेर हिरासतमै राखिएकाे छ । रविले छोड्न आदेश दिए पनि कास्की प्रहरीले बिना अनुसन्धान उनलाई छुट नदिने भएको छ ।
कास्की प्रहरीले उनी माथि थप अनुसन्धान गर्न भन्दै १० दिन समय मागे अनुसार नै जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद थप गरेको हो ।
‘उहाँले उजुरी त दिनु भएको छैन्, तर घटना किन र कसरी घट्याे घटाइयाे भन्ने कुरा अनुसन्धान गर्नु प्रहरीको दायित्व हाे, त्यसैले म्याद थपेर अनुसन्धान जारी राख्छाैँ–कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने – ‘उनले आक्रमण गरेको कुरा पनि अस्वीकार गरेका छन् । हान्छु भनेर नहानेको, झुक्किएर खोइला मञ्च तिर गएकाे बयान दिएका छन् । झट्ट हेर्दा मानसिक स्थिति पनि ठिक नभएकाे देखिन्छु ।’
तर, पनि अनुसन्धानलाई पूर्णता दिनका लागि म्याद थपेरै सबै पाटाहरु केलाउने प्रहरीको भनाई छ ।
रविमाथि खोया प्रहार पछि उनका कार्यकर्ताले ती युवालाई प्रहरी नियन्त्रण मै रहेको बेला पनि हातपात गरेका थिए । प्रहरीले भिडबाट जाेगाएर उनलाई नियन्त्रणमा लिएका थियाे ।
सम्बन्धित समाचारः
रवि लामिछानेमाथि पोखराको कार्यक्रममा खोया प्रहार [भिडियोसहित]
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो