नेप्लिज क्यानेडियन स्पोर्टस् काउन्सिल (एनसीएससी) ले क्यानडा भित्रिएका विद्यार्थी र नवआगन्तुकहरूलाई स्वागतका साथै मिसिसागामा खेलकुदका क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
लामो समयदेखि क्यानडामा खेलकुदमा योगदान पुर्याएका ६ जनालाइ सम्मान गरेको एनसीएससीले जनाएको छ । इमरान खान असगर, तेन्जिङ भुटिया, उत्तम केसी, चेतविक्रम शाही, उत्तम श्रेष्ठ र धिरेन्द्र शाहीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गायक सुरज कालाखेती, गायिका रीता बुर्लाकोटी र नर्तक मनोज विकको विशेष प्रस्तुति पनि रहेको थियो ।
कार्यक्रममा सुपर क्यानडा नेपाल टिभीका गणेश खड्का, ग्लोबल क्यानडा टिभीका डा. पूर्ण कँडेल, माउन्ट एभरेष्ट टेलिभिजनका बसन्त कार्की, एनआरएनएका उपाध्यक्ष तथा एनसीसीका निवर्तमान अध्यक्ष किरोज श्रेष्ठ, सामाजिक अभियन्ता धुण्डीराज पाण्डे, सामाजिक अभियन्ता ध्रुव भट्टराई, अमृत अवस्ती लगायतको सहभागिता रहेको थियो।
ग्रान्ड मास्टर राजकुमार राइ, कराँते ग्रान्ड मास्टर सुरेन्द्रलाल श्रेष्ठ, राष्ट्रिय भलिबल खेलाडी भुपेन्द्र भण्डारी , राष्ट्रिय क्रिकेट खेलाडी नरेश बहादुर बुढायर र महेश क्षेत्री पनि सहभागी थिए ।

लाली गुराँस स्पोर्टस एन्ड कल्चर क्लब, ब्रामसागा युनाइटेड, नेपाली क्यानेडियन क्रिकेट क्लब, ब्रदरहुड एफसी, हिमालयन डायनामोज एफसी, नेपाली पिल एफसी र बुद्ध एफसीको सात वटा खेलकुद क्लबहरूको नेप्लिज क्यानेडियन स्पोर्टस काउन्सिल (एनसिएससी) ग्रेटर टोरन्टो एरिया (जिटिए) का सात वटा खेलकुद क्लबहरूको नवगठित छाता संगठन हो।
क्लबहरूलाई उनीहरूको खेलकुद गतिविधि र प्रतियोगितामा सहयोग गर्नुका साथै ती क्लबले गर्ने खेल गतिविधिका समय तालिकामा हुने द्वन्द्वबाट बच्नका लागि काउन्सिल गठन गरिएको जनाएको छ।
यस किसिमको कार्यक्रमले खेलकुदलाई प्रोत्साहन गर्ने र युवाहरुमा विभिन्न खेलहरुप्रति गहिरो रुचि बढाउने विश्वास लिएको लाली गुराँस स्पोर्टस क्लबका अध्यक्ष क्रिजल अधिकारीले जानकारी दिए।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन