स्याङ्जा । स्याङ्जाको वालिङ् नगरपालिका-१४ मान्खुका युवा हरिप्रसाद अर्यालको रुसमा युद्धको क्रममा मृत्यु भएको छ ।
नेपाली सेनामा भर्ती भएको तीन वर्षमा नै अर्यालले उक्त जागीर छोडेर रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । दुबईमा केही समय बसेर गत कार्तिक ३ गते दुबई हुँदै रुस गएका २३ वर्षीय उनको युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वालिङ् नगरपालिका-१४ को वडा कार्यालयलाई परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागले मंगलबार दिउँसो अर्यालको निधनको खबर गरेपछी उनका परिवारलाई सूचना दिइएको सोही वडाका वडा अध्यक्ष बोधराज कुँवर(राजु)ले बताउनुभयो ।
डिसेम्बर ३ मा घटना घटेपनी डिसेम्बर २८ मा घटनाको सूचना आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अर्यालको परिवारले रुसी सेनामा भर्ती भएपछी पनि निरन्तर सम्पर्कमा रहिरहेको र घटना हुनु अघिल्लो दिनसम्म सम्पर्कमा रहेको जनाएको छ ।
रुसी सेनामा भर्ती भएका स्याङ्जा पुतलीबजार नगरपालिका-५ का पितम कार्कीले समेत केही समय अगाडि मात्र रुसमा युद्धकै क्रममा ज्यान गुमाएका थिए ।
सम्बन्धित खबर
बयरघारी रमाइलो मेला हुने
बेवारिसे भेटिएकी चापाकोटकी नवजात शिशु स्याङ्जा अस्पतालमा, वैकल्पिक अभिभावकको खोजी
स्याङ्जा जिल्ला अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरू
स्याङ्जामा ट्राफिक सप्ताह सुरु
स्याङ्जा साल्मेडाँडाको गोर्खा स्मारक निर्माण कार्यलाई तीव्रता दिइने
स्याङ्जा आँधिखोलामा डुबेर ६८ वर्षीया पविसराको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग