पोखरा । पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
उक्त वस्तु पोखरा महानगरपालिका १५, टुटुंगाका ढुंगेसाँघु पुल नजिकै झाडीमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराका कर्मचारीले फेला पारेका थिए ।
शिक्षालयका प्रशिक्षार्थीले मंगलबार बाहिरी अभ्यास गर्ने क्रममा उक्त वस्तु ढुंगेसाँघुको झाडीमा कालो झोलामा राखेको अवस्थामा फेला पारेका थिए । उनीहरुकै सूचनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो ।
सुनजस्तो रङ र सुनकै प्रकृतिमा तयार पारिएको उक्त वस्तु साँझ परीक्षणका क्रममा सुनजस्तो देखिने अन्य धातु भएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
उक्त चिजवस्तु स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको रोहबरमा सुनचाँदी व्यवसायी संघ, कास्कीमा परीक्षणका लागि पठाइएको थियो ।
सुनजस्तो देखिने पहेंलो वस्तु झाडीमा कसले, किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन