भारतको नोएडामा क्रिकेट खेलका क्रममा पिचमा नै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भयो । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो ।
मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो ।
उमेश कुमार र विकास पिचमा थिए। १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।
यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो।
हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो ।
उक्त खेल युट्युबबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । पहिले ब्याटिङ गरेको ब्लेजिङ बुल्सले १९.२ ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
दुई टोलीबीचको खेल एसएण्डबी इन्डिया वार्षिक क्रिकेट प्रतियोगितामा भइरहेको थियो । घटनापछि प्रतियोगिता रोकिएको थियो ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन