चितवन । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ ।
तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।
तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।
पुस २८ गतेदेखि माघ २० दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
गत वर्ष पनि सो खण्डमा पुलका लागि भन्दै पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।
आयोजनाका अनुसार माघ १ गते भने मुग्लिन नारायणगढ सडकखण्ड दिनभर नै खुला रहने छ ।
माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले जनाएको छ ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह