पोखरा । विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सी जितेका छन् ।
गएराति लण्डनमा भएको कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको हो ।
मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीको यो तेस्रो अवार्ड हो ।
यसअघि सन् २०१९ र २०२२ मा पनि उनले फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए । मेस्सीले गत जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नु अघि पेरिस सेन्ट जर्मेनबाट सन् २०२३ सुरु गरेका थिए ।
यसैगरी, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला उत्कृष्ट पुरुष प्रशिक्षक भएका छन् भने म्यानचेष्टर सिटीकै गोलकिपर इडर्सन उत्कृष्ट गोलकिपर घोषित भए । रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उनले गोलकिपरको अवार्ड जितेका हुन् ।
यसैगरी फिफाको वर्षको उत्कृष्ट टोलीमा सिटीका ६ खेलाडीले स्थान बनाएका छन् । स्ट्राइकर हाल्यान्डसँगै केभिन डे ब्रुयना, बर्नान्डो सिल्भा, रुवेन डिआज, केली वाल्कर र जोन स्टोनस छन् ।
सिटीले २०२२–२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु