पोखरा । विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सी जितेका छन् ।
गएराति लण्डनमा भएको कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको हो ।
मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीको यो तेस्रो अवार्ड हो ।
यसअघि सन् २०१९ र २०२२ मा पनि उनले फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए । मेस्सीले गत जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नु अघि पेरिस सेन्ट जर्मेनबाट सन् २०२३ सुरु गरेका थिए ।
यसैगरी, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला उत्कृष्ट पुरुष प्रशिक्षक भएका छन् भने म्यानचेष्टर सिटीकै गोलकिपर इडर्सन उत्कृष्ट गोलकिपर घोषित भए । रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उनले गोलकिपरको अवार्ड जितेका हुन् ।
यसैगरी फिफाको वर्षको उत्कृष्ट टोलीमा सिटीका ६ खेलाडीले स्थान बनाएका छन् । स्ट्राइकर हाल्यान्डसँगै केभिन डे ब्रुयना, बर्नान्डो सिल्भा, रुवेन डिआज, केली वाल्कर र जोन स्टोनस छन् ।
सिटीले २०२२–२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’