पोखरा । जिल्ला समन्वय समिति कास्कीको अनुगमन टोलीले पोखरा बागलुङ राजमार्ग अन्तर्गत फिर्के खोला माथि निर्माणाधीन पुलको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल नेतृत्वको अनुगमन टोलीले उक्त राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २, ४ र ५को सिमानामा पर्ने सो पुलको निर्माण असार मसान्तसम्म निर्माण सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको हो ।
पुलको निर्माण कार्यमा अत्यन्तै ढिलाइ भएको छ । पुल नबन्दा अत्यधिक दुर्घटनासमेत हुने गरेको जनगुनासो बढेपछि स्थलगत अनुगमन गरेर कामलाई तिब्ररूपमा गुणस्तरीय तवरले सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख पौडेलले बताए ।
विकास समयमा गुणस्तरीय तवरले हुनुपर्यो जनताले कुनै गुनासो नगर्ने गरी आयोजनाका काम गर्नुस्, कुनै पनि बहानामा विकासमा ढिलासुस्ती गर्ने र जनतालाई दुख दिने काम कुनै हालतमा सह्य हुँदैन प्रमुख पौडेलको कथन थियो । पौडेलले विभागीय कार्यालयहरूले सञ्चालित आयोजनाहरूको मासिक कार्यप्रगति विवरण तयार गर्दै कठिनाइहरूको निराकरणमा घनिभुत तवरले लाग्न अनुरोध गरे ।
पोखरा महानगर वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांग, ४ का अध्यक्ष देवकृष्ण पराजुली, ५ का अध्यक्ष विष्णु बराल र जनप्रतिनिधि, जिल्ला समन्वय अधिकारी नवराज बराल, सरोकारवाला कार्यालय सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोला, इन्जिनियर र प्राविधिकसहित अनुगमनमा पुगेका पौडेलले कुनै एक पक्षमात्रै कमजोर तवरले लागेमा निर्धारित लक्ष्य पूरा नहुने भन्दै सबै निकाय जिम्मेवारीका साथ लागे मात्रै समृद्धि सम्भव हुने विचार राखे ।
जिल्ला समन्वय समिति कास्कीमा आफ्नो नेतृत्वको समिति आएपछि विकासमा हुने लापरबाही र जनताका गुनासा सुनेर समन्वय सहजीकरणका लागि गुनासो डेस्क राखिएको भन्दै पौडेलले कास्कीका विकास निर्माण र कार्यालयहरूको सेवा प्रवाहमा समेत कहिँ कतै कमजोरी भेटेमा तत्काल आफुहरूलाई खबर गर्न स्थानीय सरोकारवालाहरूसहित सम्पूर्ण कास्कीवासीलाई आग्रह समेत गरे ।
२०७५ सालमा सम्झौता भएर ३० महिनामा सक्नुपर्ने उक्त पुलको काम पटकपटक म्याद थप हुँदै पछिल्लोपटक २०८१ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थप भएको बताइएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो