काठमाडौँ । विद्युतीय सवारीसाधनमा विश्वकै अग्रणी बीवाईडीको नेपालमा नयाँ शोरुम ललितपुरको पुल्चोक, हरिहरभवनमा खुलेको छ । इको ड्राइभ अटोमोबाइल्स कम्पनीले बिक्री गर्ने गरी शोरुम सञ्चालनमा आएको हो ।
कुपन्डोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार उद्घाटन गरे । उनले आफू पनि सधैँ इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताउँदै आफ्नै महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा कम्पनीलाई धन्यवाद दिए ।
सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने प्रतिबद्धता जनाए ।
‘म पनि बीवाईडीको गाडी नै चढ्छु । कुदाउन र यात्रा गर्न दुवै उपयुक्त छ, इन्धनमा आधारित गाडीको प्रयोग नगर्ने मेरो पनि लक्ष्य हो, महानगरले हरित शहरको अवधारणा लिएको छ, त्यसैले यहाँ बीवाईडी शोरुम खोल्नु आफैमा खुसीको विषय हो,’ उनले भने ।
सन् २०३० सम्ममा फोसिल फ्यूलबाट चल्ने सवारी मुक्त गर्ने विश्व वातावरण नीति भएकाले नेपालले पनि यसैको सिको गर्नुपर्ने उनले बताए । ललितपुर महानगरले आफ्नो २९ वटा वडाहरु मध्ये कोर सिटी भित्र पर्ने क्षेत्रमा विद्युतीय सटल बस सञ्चालन गर्ने तयारी समेत गरिरहेको उनले बताए ।

स्मार्ट सिटीको अवधारण अनुरुप सदर चिडिया खाना (जु) क्षेत्रमा पनि साना–सान विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी महानगरले गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ शोरुममार्फत ईको सवारी र प्रयोगमा नयाँ पाइला अघि बढाएको बताए।
नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताउँदै हाल एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् ।

केही समय अघि काठमाडौँ उपत्यकाभित्र केही शोरुमहरुमा मात्र सीमित भएको कम्पनी हाल देशका मुख्य–मुख्य सहरहरुमा शोरूम स्थापना भैसकेको उनले बताइन् । ‘उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने छ, आगामी दिनमा पनि शोरुमको विस्तार गर्दै जाने छौं’ – उनले भनिन् ।

श्रेष्ठले ईभीका गाडी विस्तारलाई बढाए पेट्रोलियम पदार्थको आयतमा कमी आउने बताउँदै देशबाट ठूलो हदसम्म मुद्रा बाहिरिनबाट पनि रोकिने बताइन् । नयाँ शोरुमले बीवाईडीका गाडीको बिक्री र ग्राहकलाई सहज तरिकाबाट गाडी उपलब्ध गराउनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् ।
साईमेक्स इंकले विगत ७ वर्षदेखि नेपालमा बीवाईडीका उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए