काठमाडौं । भक्तपुरमा एक महिला बक्सिङ खेलाडी मृत भेटिएकी छन्। मंगलबार साँझ ८ बजे भक्तपुरस्थित आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा नीता गोसाईं मृत भेटिएकी हुन्।
परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पारिवारिक स्रोतका अनुसार गोसाईंको आगामी फागुन २ गते विवाह हुँदै थियो । निताको मृत्युपछि भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ ।
पूर्व प्रेमीले दिएको तनावको कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निताको परिवारले ती युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी पनि दिएका छन् ।
ती युवक पक्राउ पनि परेका छन् । कतिपयले ती युवक निताको साथी मात्र भएको बताएका छन् । कतिपयले दुईबीच विगतमा प्रेम सम्बन्ध रहेको बताएका छन् । विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको जाहेरीमा दाबी गरिएको छ ।
निता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । २७ वर्षीया गोसाईं सशस्त्र प्रहरी बल(एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरू खेल्दै आएकी थिइन् ।
उनी नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् । निताको करियरको सबैभन्दा ठूलो उपलब्धि त्यही नै थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु