स्याङ्जा । नेपाली सेनाको श्रमदानबाट निर्मित हेलिप्याड हरिनास गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति श्रमदानमा `एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण´ गर्ने योजना अनुरुप स्याङ्जाको हरिनास गाउँपालिका -४ चुलिडाँडा स्थित सार्वजनिक जग्गामा हेलिप्याड निर्माण गरिएको समरजित गुल्म स्याङ्जाका गुल्मपति सेनानि दिपेश खड्काले जानकारी दिए ।
हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन र समरजित गुल्म स्याङ्जाको श्रमदानबाट निर्माण गरिएको हेलिप्याडको श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका बाहिनीपति सहायक रथी गौरव कुमार केसीबाट शिलालेख अनावरण तथा समुद्घाटन गरी पालिकाका प्रमुख खिम नारायण मानन्धरलाई हस्तान्तरण गरिएको सेनानि खड्काले बताए ।
श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति स.र. गौरव कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा हरिनास गाउँपालिकाका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीयवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रममा समरजित गुल्मले गरेको सहयोगको उच्च कदर गर्दै गुल्मपति सेनानि दिपेश खड्कालाई हरिनास गाउँपालिकाले प्रशंसा पत्र प्रदान गरेको थियो ।

सम्बन्धित खबर
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
विद्यालयमा कम्प्युटर सहयोग
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’