विवेकशील साझा पार्टीका संस्थापकहरु धमाधम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्न थालेका छन् । पोखरा महानगरदेखि गण्डकी प्रदेश कमिटिसम्मका संस्थापकहरु रास्वपामा भित्रिएका हुन् ।
विवेकशील साझा पार्टी, गण्डकी प्रदेशका संस्थापक संयोजक महेश भण्डारीले माघ १५ गते रास्वपाको सदस्यता लिएको सार्वजनिक गरेसँगै वैकल्पिक अभियानमा होमिएका अन्य नेताहरु पनि खुलिरहेका छन् ।
विवेकशील साझा पार्टीका पूर्व कास्की संयोजक फडिन्द्र अधिकारी पनि रास्वपा पुगेका छन् । रविन्द्र मिश्र विवेकशील छाडेर राप्रपामा मिसिँदा कास्कीमा पनि मिश्र लाइनबाट जिल्ला उपाध्यक्ष भएका अधिकारी अहिले राप्रपाबाट रास्वपा बनेका हुन् ।
विवेकशील साझाका पोखरा महानगर कमिटि संयोजक मनकाजी गुरुङ पनि रास्वपा सदस्य बनेका छन् । दुवै जना शिक्षाकर्मी हुन् । फडिन्द्र पोखरा आदर्श माविका प्राचार्य र मनकाजी कान्तिपुर एकेडेमीका संस्थापक प्राचार्य हुन् ।
रास्वपाका गण्डकी संगठन विभाग सचिव एकराज न्यौपानेका अनुसार वातावरणविद् डा. कृष्ण पोखरेल पनि रास्वपा भित्रिएका छन् । यस्तै, व्यवसायी तथा अभियन्ताद्वय दीपक पौडेल र सोमनाथ ढुंगानाले पनि रास्वपा रोजेका छन् ।
पौडेल विवेकशील साझाका तत्कालिन केन्द्रीय सदस्य र ढुंगाना जिल्ला सदस्य थिए । डा. पोखरेल पनि जिल्ला सदस्य थिए ।
गण्डकीमा अहोरात्र खटिएर विवेकशील साझा पार्टी हुकाई बढाएका संस्थापक संयोजक महेश भण्डारी रास्वपा भित्रिएसँगै वैकल्पिक अभियानका नेताहरु रास्वपा प्रवेश गरेका छन् । तत्कालिन सारथी अशोक खड्का, एकराज न्यौपाने लगायत सुरुवातकालीन समयमै रास्वपा जोडिएका हुन् ।
तत्कालिन साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भई विवेकशील साझा बन्दा न्यौपाने संस्थापक जिल्ला संयोजक हुन् । उनी गत उपनिर्वाचनदेखि रास्वपामा आबद्ध भएका हुन् ।
वैकल्पिक अभियानकर्मी धमाधम पुनः एकीकृत हुँदै एउटै मार्गमा अघि बढ्ने निर्णयले आफूलाई उत्साहित बनाएको महेश भण्डारी बताउँछन् ।
‘वैकल्पिक शक्तिको आवश्यकता रहेका बेला आ–आफ्ना व्यवसायलाई थाती राखेर आफूभन्दा माथि देश र जनता राखेर अघि बढ्यौँ । अगुवाले नै अभियान तहसनहस पारेपछि बीचमै रोकियौँ, छोडियौँ, मोडियौँ । अब पुनः एकसाथ अघि बढ्ने स्थिति बनेको छ । हिजोका सबै मित्रहरु छरिएका छन् । अब जोडिँदैछौँ । सँगाल्दै, सम्हाल्दै सँगसँगै अघि बढ्ने हो ।’ – भण्डारीले भने ।
सम्बन्धित समाचारः
महेश भण्डारी रास्वपा प्रवेश
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर