पोखरा । श्री गोर्खा कालिका क्लव रुपा गाउपालिका–४, ठकुरी बस्तीको १९ औ वार्षिकोत्सबको अjसरमा साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा बिजयी रुपाकोट मुस्लिम समाज भएको छ ।
विजी देउरालीलाई सेमिफाइनलमा जितेर फाइनल प्रवेस गरेको रुपाकोट मुस्लिम समाजले कायापलट असल शासन क्लव, समि भञ्ज्याङ् लमजुङलाई सेमिफाइनलमा जितेर फाइनल प्रवेस गरेको ठकुरी समाज, चितिश्वरा, तनहुलाई २५–२०, २५–१९ र २५–२२ को सोझो सेटमा जित हासिल गरि प्रथम हुन सफल भएको छ।
विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन भने उपविजेता ठकुरी समाज, चितिश्वरा, तनहँुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
साथै उत्कृष्ट स्पाइकमा आशिस मिया (ठकुरी समाज), उत्कृष्ट सेटरमा पराशर मल्ल ठकुरी (ठकुरी समाज), उत्कृष्ट ब्लकरमा मन्जुर मिया (मुस्लिम समाज), उत्कृष्ट लिब्रोमा भुपाल गुरुङ (मुस्लिम समाज), उत्कृष्ट सर्भरमा बिजन गुरुङ (मुस्लिम समाज) र उत्कृष्ट खेलाडि मुस्लिम समाज कै मन्सुर मिया भएको थियो।
गोर्खाकालिका क्लबको १९ औ वार्षिकोत्सबको सहआयोजकमा दर्शन आमा समूह, शिखर सामुदायिक वन उपभोक्ता समूह, कालिनाग खानेपानी उपभोक्ता समिती रहेको थियो । भने उत्कृष्ट बिधाहरुलाई क्रमशः रोजिना ठकुरी, कृसन ठकुरी, मिलन सेन, सुरेन श्रेष्ठ, आस्विन ठकुरी र सविन श्रेष्ठले प्रायोजन गरेका थिए ।
सो कार्यक्रममा विभिन्न सहयोग गर्ने सहयोगी सस्था, भुपु खेलाडी तथा समाजसेवीलाइ पनि सम्मान गरिएको थियो।
‘खेल स्वास्थको लागी, खेल राष्ट्रको लागि’ भन्ने मुल नाराको साथ मनाइएको १९ औ वार्षिकोत्सबमा भलिवल साथै घैटो फोर, छेलो हान्ने खेल पनि भएको थियो । क्रमस आशिक शाही र मन्जुर रहमान मिया विजयी भएका थिए ।
पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी युवा नेता राजन सुवेदिले समाजमा युवा जबसम्म चलायमान हुदैन तब सम्म समाजको उत्थन हुदैन, एक मुठी सास रहे सम्म आफु समाज कै लागि बाचिरहने बताउँदै ठकुरी बस्तिको खानेपानी, खेल मैदानको समस्याबारे आफू जानकार रहेको र आफुले प्रयास गर्ने बताए । त्यसै गरी राज बहादुर शाहिले समाज देश चिनाउने खेलाडिले मात्र भएको बताए ।
क्लबका अध्यक्ष होम बहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रमका संयोजक तथा क्लवका सचिब मदन मल्लले गरेका थिए।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो